मिटरब्याज पीडितहरू सरकारकै कारण सुकुम्बासी बन्ने अवस्थामा पुगे: पौडेल
काठमाडाैं | चैत १५, २०७९
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरु सरकारकै कारण सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न सरकार आफै उदासिन बन्नाले पीडितहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका हुन्।
मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रूपमा सरकार आफैले स्वीकार गरिसकेको तर महिनाैंसम्म कानुनको मस्यौदा गृहमन्त्रालयमा अड्किँदा साहु महाजनले छलकपट गरी धमाधम किसानकाे जग्गा लिलामी गरिरहेकाे उनले बताए।
‘यसले दैनिक भूमिहिन हुने किसानहरुको संख्या झन् बढिरहेको छ। सरकारले आफै सुकुम्बासी उत्पादन गरेको जस्तो देखिएको छ,’उनले भने।
सांसद पौडेलले पीडितहरू मिटरब्याजको पैसा तिर्न साहु महाजनकै योजनामा लागूऔषध कारोबार गरेर जेलमा परेको घटनासम्म सार्वजनिक भएको बताउँदै सरकारलाई संवेदनशील हुन आग्रह गरे।
मिटरब्याजी साहु महाजन र तिनका आसेपासेले पीडित महिलामाथि यौन शोषण गरेका घटनाहरुसमेत सुन्नमा आएको बताउँदै पौडेलले मिटरब्याज पीडितको समस्या यथाशिघ्र सामाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

